फुटबल

बार्सिलोनाका व्यवस्थापक सेटिएन बर्खास्त

बार्सिलोनाका व्यवस्थापक सेटिएन बर्खास्त

१ भदौ २०७७ काठमाडौँ : बार्सिलोनाका ब्यवस्थापक क्विक सेटिएनलाई बर्खास्त गरिएको छ । उहाँको स्थानमा सोमबार नेदरल्याण्ड्सका प्रशिक्षक रोनाल्ड कोइमनलाई व्यवस्थापकको जिम्मेवारी दिइने तयारी गरिएको छ ।

स्पेनिस ला लिगाको उपविजेता बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा बार्यन म्युनिखबाट ८–२ को विशाल अन्तरले पराजित हुनपुग्दा सेटिएनको पदमा धरापमा परेको हो । ६१ वर्षीय सेटिएनलाई गत् जनवरी महिनामा अर्नेस्टो भाल्भ्रेडको स्थानमा बार्सिलोनाले व्यवस्थापकको जिम्मेवारी दिएको थियो । तर सन् २०१९–२० को सिजनमा उहाँले एउटै उपाधि दिलाउन सक्नुभएन ।

आइतबार राति स्पेनिश रेडियो स्टेशन काडेना कोपसँगको कुराकानीमा बार्सिलोनाका अध्यक्ष जोसेप बार्टोमेले सेटिएनलाई बर्खास्त गरिएको जानकारी दिनुभएको थियो । उक्त निर्णयलाई औपचारिकता दिन आज परिषदको बैठक बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *