राजनिती

नेकपा भित्रको विवाद बेमौसमी बाजा: सांसद घनश्याम खतिवडा (भिडियो)

नेकपा भित्रको विवाद बेमौसमी बाजा: सांसद घनश्याम खतिवडा

३२ साउन २०७७ काठमाडौँ : नेकपाका प्रतिनिधि सभा सांसद घनश्याम खतिवडाले नेकपा भित्रको अहिलेको बिबाद बेमौसमी बाजा रहेको बताएका छन्। उनले पार्टी भित्र कुर्सिको खेल चलेकोले यसले जनता र कार्यकर्तामा नकारात्मक सन्दश गएको समेत बताएका छन्।

दुई पार्टी एकीकरण हुने क्रममा पद र कुर्शीको बाडफाड स्वाभाविक रहेको बताउदै सांसद खतिवडाले भागबन्डा मिलाउंदै अघि बढ्नु पर्नेमा जोड दिएका छन्। अहिलेको विवाद समाधान कार्यदलले समेत भागबन्डामै केन्द्रित रहेर समस्यालाई समाधान उन्मुख लैजाने उनले बताएका छन्।

नेकपामा अब फुटको खतरा टरेको बताउदै सांसद खतिवडाले जनता र कार्यकर्ताका दबाबका कारण अहिलेको फुट टरेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *