नाइजरमा बन्दुकधारीको आक्रमणबाट ८ जनाको मृत्यु
नाइजरमा बन्दुकधारीको आक्रमणबाट ८ जनाको मृत्यु
२६ साउन २०७७ काठमाडौं : अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमणबाट ८ जनाको मृत्यु भएको समाचार बाहिरिएको छ ।
बन्दुकधारीको आक्रमणबाट मृत्यु हुनेहरुमा ६ जना फ्रान्सेली नागरिक छन् । अर्का एक जना उनीहरुका स्थानीय गाइड र एक जना गाडी चालक पनि मारिएका छन् ।
मोटरसाइकलमा आएका बन्दुधारीले एक्कासी फायर खोलेको र ८ जना मारिएको तिलाबेरी क्षेत्रका गभर्नरलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ ।
आक्रमण कोउरी क्षेत्रमा भएको हो । कोउरी पर्यटकीय क्षेत्र हो, जहाँ पर्यटकहरु जिराफको झुण्ड हेर्न जान्छन् ।
घटनास्थलमा लासहरु छरिएका थिए भने उनीहरुले प्रयोग गरेको फोरह्वील गाडी पूर्णरुपमा जलेको अवस्थामा फेला परेको थियो ।
फ्रान्सेली राष्ट्रपति म्याक्रोले आफ्ना समकक्षीलाई टेलिफोन गरी घटनाप्रति चासो व्यक्त गरेका बीबीसीमा उल्लेख छ ।