प्रतिलिटर २ रुपैयाँले बढ्यो इन्धनको मूल्य
प्रतिलिटर २ रुपैयाँले बढ्यो इन्धनको मूल्य
१८ साउन २०७७ काठमाडौँ :नेपाल आयल निमगले पेट्रोल डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले यहाँ पनि पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने छ ।
मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ४, डिजेल ९० र मटितेल ९० रुपैयाँ पर्नेछ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै राखेको जनाएको छ ।