वीरगञ्जमा आजबाट अनिश्चितकालीन निषेधाज्ञा सुरु

वीरगञ्जमा आजबाट अनिश्चितकालीन निषेधाज्ञा सुरु

१० साउन २०७७ वीरगञ्ज : कोरोना संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएसंगै समुदायस्तरमा परिक्षण गर्दा फैलिएको पाइएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रभर आजबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको थियो ।

निषेधाज्ञा जारी भएसँगै वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध लागेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

महानगर क्षेत्रभित्रका सम्पूर्ण पसल र उद्योग व्यवसायसमेत बन्द गरिएको छ । साथै वीरगञ्जमा अन्य जिल्लाबाट (विशेषगरी भारतबाट) आउन पूर्णप्रतिबन्ध kgl लगाइएको छ । विशेषगरी छिमेकी मुलुक भारतको बिहारमा संक्रमितको संख्या बढ्दै गएकाले यस्तो निर्णय गरिएको हो ।

‘भारतबाट पूर्णरुपमा प्रवेशमा रोक लगाइएको छ । सुरक्षा निकायहरुले गस्ती पट्रोलिङ बढाउने, लु्कीछिपी प्रवेश गरेकालाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राख्ने निर्णय भएको छ,’ बस्नेतले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीले नसकेको ठाउँमा सेना समेत परिचालन गर्ने निर्णय गरेका छौं ।’

वीरगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएर समुदायस्तरमा फैलिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ