आर्थिक

सुन तोलामै ५०० ले बढ्यो

सुन तोलामै ५०० ले बढ्यो

८ साउन २०७७ काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ६५ निर्धारण गरेको छ ।

बुधबार एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५६० तोकिएको थियो । यस्तै चाँदीको मूल्यपनि प्रतितोला रु १० ले वृद्धि भएर एक हजार १४५ पुगेको छ ।