साउन १५ गतेदेखि होटल रेस्टुरेन्ट सेवा सञ्चालन हुने, भोज पार्टी निषेध
साउन १५ गतेदेखि होटल रेस्टुरेन्ट सेवा सञ्चालन हुने, भोज पार्टी निषेध
६ साउन २०७७ काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डअनुसार साउन १५ गतेदेखि होटल, रेस्टुरेन्ट सेवा सञ्चालन गर्न दिइने भएको छ । मन्त्रिपरिषद् बैठकले होटल, रेस्टुरेन्ट खुला गर्ने तर सामूहिक भोज, पार्टी, सेमिनार गर्न नपाइने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए ।
त्यस्तै हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर पर्यटनसँग सम्बन्धी ट्रेकिङ, ट्राभल, पर्वतारोहण एजेन्सी खुल्ने, बुकिङ सुरु गर्न दिइने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्राल यले तोकेको मापदण्डअनुसार छोटो, मध्यम र लामो दुरीमा तथा र अन्तर जिल्ला सञ्चालन हुने निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधनहरू चलाउन पाइने भएको छ ।
प्रवक्ता खतिवडाका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डअनुसार आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण र प्रारम्भिक चरणका खेलहरु सञ्चालन गर्न पाइने छ ।
