पहिलो तलब – Pahilo Talab – Nepali Short Movie
पहिलो तलब – Pahilo Talab – Nepali Short Movie Ft. Miraj , Deepika , Suraj , Shishir Best Film Video
३१ असार २०७७ काठमाडौँ : समय सान्दर्भिक लघुकथा निर्माण गर्दै आएको एक समुहले बैदेशिक रोजगारीमा जाने कैयौं नेपालीको दुख कस्ट र पिडालाइ आधार मानेर एक लघुकथा तयार परेको छ।
नबिन डिसी द्वारा निर्देशित उक्त लघु चलचित्रमा मुख्य पत्रको भूमिकामा मिराज ढुंगाना देखिएका छन् भने उनलाई साथ दिएकी छिन दिपिका संग्रौलाले।
बैदेशिक रोजगारीमा गएर आफ्नो भोगाइ संगाल्दै नेपालमै केहि गरौ भन्ने मानसिकता बोकेका अर्का पात्र हुन् शिशिर बिक्रम भण्डारी भने आफ्ना सन्तान जागिरे हुँदाको खुसि साट्ने क्रममा देखा परेकी छिन आम ज्ञानु अधिकारी । सुख होस् या दुख हरेक पल खुसीकै माहोल सिर्जना गर्न सक्ने यस्ता साथीको भूमिकामा देखिएका सुरज ठकुरी र रोनिश गौतम रहेका छन्।