Breakingदेशसमाचार

चार भारतीय न्यूज च्यानल बाहेक अन्यको प्रशारण सुचारु

चार भारतीय न्यूज च्यानल बाहेक अन्यको प्रशारण सुचारु

२९ असार २०७७ काठमाडौं : केबल अपरेटरहरूले चार भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएको रोक कायमै राख्ने र अन्य च्यानलहरु लाइ सुचारु गर्ने निर्णय गरेका छन् ।

जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय केबल अपरेटरहरूको आइतबार बसेको बैठकले गरेको डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले संचार मध्यमलाई बताए ।

नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक एवम् आपत्तिजनक समाचार प्रसारण गरेपछि केबल अपरेटरहरूले २५ असारमा भारतीय न्यूज च्यानलको प्रसारणमा रोक लगाएका थिए । सरकारले पनि परिस्थिति अनुकूल भएर नसुध्रिदासम्म भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएको रोक कायम राख्न भनेको छ ।