समाज

गुल्मीमा पहिरोका कारण दुईको मृत्यु

गुल्मीमा पहिरोका कारण दुईको मृत्यु

१९ असार २०७७ गुल्मी : गुल्मीमा पहिरोका कारण दुई जनाको मृत्यु भएको छ । पहिराले इस्मा गाउँपालिकाको १ हस्तिचौरका १८ महिनाका सिजन सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख राजेन्द्रसिंह खड्काले बताउनुभयो ।

पहिरोले गोठ (बंगालो) बगाउँदा बसन्त सारु र उनकी श्रीमती सृजना सारु घाइते भएका छन् । सिजन बसन्त सारुका छोरा हुन् ।

त्यस्तै पहिरोले हस्तिचौरकै रिख बहादुर खत्रीको घर बगाउँदा ७ वर्षकी छोरीको अपेक्षा खत्रीको ज्यान गएको प्रहरी उपरिक्षक खड्काले जानकारी दिनुभयो । बालिकाकी आमा इश्वरा खत्रीको जिवितै उद्धार गरिएको छ । तर, अवस्था गम्भीर रहेको छ ।

सोही घरका पुतला खत्री र टीका खत्री पनि घाइते भएका खड्काले बताउनुभयो । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर २ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् । बिहिबार रातिबाट बेपत्ता घिमिरेको अवस्था अझै पत्ता नलागेको उद्धारमा खटिएका सशस्त्र प्रहरी निरिक्षक कमलेश कुमार महत्तोले जानकारी दिनुभयो । उनको उद्धार कार्य जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *