Breakingदेशराजनितीसमाचार

लकडाउनको मोडालिटी परिवर्तन : पसल खुल्ने, सवारीमा जोर विजोर !

लकडाउनको मोडालिटी परिवर्तन : पसल खुल्ने, सवारीमा जोर विजोर !

२८ जेठ २०७७ काठमाडौं : सरकारले लडाउनको मोडालिटी परिवर्तन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो ।

एक मन्त्रीले भने, लकडाउन पुनःव्यवस्थित गर्ने निर्णय भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गर्ने भनिएको छ ।’

उनकाअनुसार काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने सम्भावना छ भने विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् । यसबारे आज (बिहीबार) सरकारले विस्तृत जानकारी दिने उनले सुनाए ।

नेपालमा कोरोना भाइरस (कोभिड १९) को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत १० बाट अन्तराष्ट्रिय सीमा नाकामा आवागमन रोकेको थियो भने ११ गतेबाट लकडाउन गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप गरिएको छ र पछिल्लो पटक थपिएको समय जेठ ३२ सम्म कायम छ ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

पछिल्लो पटक लकडाउन थप गर्दा मोडालिटी परिवर्तन गरेर केही खुकुलो बनाउने भनिएको थियो । तर सरकारले निर्णय गर्न ढिलो गर्दा व्यवसायीहरुले स्वस्फुर्त रूपमा पसल समेत खुल्न थालेका छन् भने मानिसहरूको आवागमन पनि बढेको छ ।

पछिल्लो पटक लकडाउन खुकुलो बनाउन सीसीएमसीले ६ चरणको लुजडाउन प्रस्ताव पनि बनाएको थियो । उच्चस्तरीय समन्वय समितिको छुट्टै प्रस्ताव थियो । दुवै प्रस्तावलाई मर्ज गरेर बनेको प्रस्तावमा बुधबार छलफल भएको थियो ।

तर एक मन्त्रीले भने, ‘अहिले धेरै कुरा भन्न गाह्रो छ, कुन क्षेत्र कसरी खुला गर्ने भनेर हामी भोलि विस्तृतमा सार्वजनिक गर्छौं ।’