Breakingआर्थिकदेशराजनितीसमाचार

सबै राष्ट्रसेवकको एक लाखसम्मको कोराेनाकाे बीमा निशुल्क

सबै राष्ट्रसेवकको एक लाखसम्मको कोराेनाकाे बीमा निशुल्क

१५ जेठ २०७७ काठमाडौँ : कोराेनाको अग्रपङ्क्तिमा बस्ने सबै राष्ट्रसेवकको निम्ति एक लाखसम्मको कोराेनाको बीमा निशुल्क गरिएकाे छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले आज सङ्घीय संसदकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै साे जानकारी दिनुभएकाे हाे ।

त्यसैगरी, सरकारी निकाय तथा संस्थानमा कार्यरत सबै स्थायी, अस्थायी तथा करारमा कार्यरत कर्मचारीको पनि निशुल्क कोरोनाको बीमा गरिएको छ ।

साथै, अस्थायी तथा करारमा रहेका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा समेत आबद्ध गराइने छ ।