जिदानले टाउकोले मेटाराजिको छातिमा हान्नुको रहस्य खुल्यो
जिदानले टाउकोले मेटाराजिको छातिमा हान्नुको रहस्य खुल्यो
२३ बैशाख २०७७ एजेन्सी : सन् २००६ को विश्वकप फुटबल फाइनलमा भएको घटना जसको एक दृश्य चर्चित बन्यो । त्यो घटना थियो फ्रान्सेली स्टार जिनेदिन जिदानले इटालकिा खेलाडी मार्को मेटाराजीको छातिमा टाउकोले हानेको घटना ।
जिदानेले टाउकोले हानेपछि मेटाराजी त्यहि ढलेका थिए । उक्त घटनापछि जिदानले रातो कार्ड पाएका थिए र खेल बाट बन्चित बनेका थिए । जिदान मैदान बाहिर जानुको फाइदा इटालीले लिदै विश्वकप विजेता बन्यो ।
जिदानले आखिर किन टाउकोले मेटाराजीको छातिमा हाने ? यसको उत्तर मेटाराजीले दिएका छन् । उनले इटालीको मिडिया पासनइन्टरमा अन्र्तवार्ता दिदै जिदानले आफूलाई सर्ट चाहिएको हो भनी सोध्दा आफूले तिम्रो बहिनी चाहिएको हो भनेको खुलासा गरेका छन् । मेटाराजीले जिदानकी बहिनीको अपमान गर्ने शब्द प्रयोग गरेको समेत सुनाए ।
मेटाराजीले जिदानलाई उत्तेजित पार्नुले उनी छातिमा टाउकोले हान्न पुगे । यही घटना इटालीलाई विश्वकप दिलाउने एउटा कारण बन्यो ।
