काजोललाइ कोरोना लागेको भन्ने बिषयमा अजयको यस्तो जवाफ
काजोललाइ कोरोना लागेको भन्ने बिषयमा अजयको यस्तो जवाफ
१८ चैत २०७६ काठमाडौँ : झुठा खबर भाइरल रुपमै फैलिने गरेको सामाजिक संजालमा प्राय अफवाह फैलिन समय लाग्दैन । बलिउड कलाकारलाई लिएर यस्ता खबर प्रायजसो दैनिक सार्वजनिक हुने गरेकै छन ।
सामाजिक संजालमा नायिका काजोल र उनकी छोरी न्यासाको बिषयमा एउटा खबर फैलियो । काजोल र छोरी न्यासालाई कोरोना भाइरसले आक्रमण गरेको खबर सामाजिक संजालमा फैलियो ।
योसँगै काजोलका शुभचिन्तकहरुले यसमा चिन्ता जताएका थिए । तर, अब यो बिषयमा नायक अजय देवगणले मुख खोलेका छन ।
अजयले सामाजिक संजालमा यसको जवाफ लेख्दै शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन । साथै, उनले काजोल र न्यासा दुबै स्वस्थ रहेको र कोरोनाको संक्रमणमा नपरेको उल्लेख गरेका छन । उनले, चिन्ता व्यक्त गर्ने सबै शुभचिन्तकलाई धन्यवाद पनि दिएका छन ।
अहिले सबैजसो बलिउड कलाकार घरमै समय बिताइरहेका छन । काजोल र न्यासा यो बिचमा अस्पतालमा देखिएपछि उनीहरुलाई कोरोना भएको भन्दै सामाजिक संजालमा चर्चा सुरु भएको थियो ।
