Breakingकोरोनाभाइरसदेशसमाचार

लकडाउनको समय चैत २५ सम्म थपियो

लकडाउनको समय चैत २५ सम्म थपियो

१६ चैत २०७६ काठमाडौं : भर्खरै बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । मन्त्रिपरिषद्को भर्खर सकिएको बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

१० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो । यो लकडाउन चैत १८ गते बिहान ६ बजेसम्म कायम गरिएको थियो ।

अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध ३ वैशाखसम्म

सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात् आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।

सरकारले घोषणा गरेको अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध गत आइतवारको मध्यरातीबाट लागू भएको थियो ।

सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको छ । तर, यहाँबाट यात्रु लिएर जान खाली विमान आउन सक्छन् ।

त्यसअनुसार विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले कार्गो उडान पनि गरेको छ । गएराती मात्रै चीनबाट नेपाल एयरलाइन्सले मेडिकल सामग्री ल्यायो ।

सरकारले यात्रु लिएर आउन प्रतिवन्ध लगाएपछि पनि केही एयरलाइन्सले अटेरी गरेर यात्रु ल्याएका थिए । त्यसका कारण ७० भन्दा बढी व्यक्तिलाई खरिपाटीको क्वारेन्टाइनमा राखिएको छ ।