कोरना बिरुद्ध जुद्न नेपाललाई ज्याक माले सहयोग गर्ने

कोरना बिरुद्ध जुद्न नेपाललाई ज्याक माले सहयोग गर्ने

८ चैत २०७६ काठमाडौं : चीनका एक प्रख्यात व्यापारीले कोरोना भाइरस (कोभिड १९) सँग जुद्न नेपाल सहित एसियाली मुलुकलाई सहयोग गर्ने घोषणा गर्न भएको छ ।

चीनका प्रख्यात व्यवसायी ज्याक माले नेपालसहित ९ एसियाली मुुलुकलाई कोरोना भाइरस (कोभिड १९) सँग जुझ्न आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गर्नुभएको हो । उहाँले १० लाख मास्क, २ लाख १० हजार टेष्ट किट, ३६ हजार सुरक्षा पोसाक, केही भेन्टिलेटर र थर्मो्मिटर सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

शनिबार विहान एक ट्वीट गर्दै ज्याक माले आफूले सहयोग दिइने मुुलुकमा नेपालसँगै अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंका रहेको बताउनुभएको हो । ज्याकले सहयोगको घोषणा गरेपनि कुन मुलुकलाई कति सहयोग गर्ने उल्लेख गर्नुभएको भने छैन ।

यो पनि पढ्नुहोस:-  भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका दुइ जना क्वारेन्टाइनमा

८ चैत २०७६ काठमाडौं : चीनका एक प्रख्यात व्यापारीले कोरोना भाइरस (कोभिड १९) सँग जुद्न नेपाल सहित एसियाली मुलुकलाई सहयोग गर्ने घोषणा गर्न भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ