पछि सारिएको ‘आईपीएल’ खाली स्टेडियममा खेलाइने
पछि सारिएको आईपीएल खाली स्टेडियममा खेलाइने
३० फागुन २०७६ एजेन्सी : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाईरसको कारण आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) पछि सारिएको मात्र हैन यो खेल खाली स्टेडियममा खेलाउने निर्णय गरिएको छ ।
चैत १६ देखि सुरु हुने भनिएको आईपीएल बैशाख ३ देखी सुरुहुने भारतीय क्रिकेट बोर्ड बिसिसिआईले जनाएको छ ।
बिसिसिआई अध्यक्ष गांगुली सबै फ्रेन्चाइज टोलीबीचको बैकठपछि आइपिएल सारेको भारतीय इन्डिया टिभिले जनाएको छ ।
आइपिएल सरे संगै अन्योल रहेको बिदेशी खेलाडी सहभागी हुने सम्भावना अब टरेको छ। खेल सरे सँगै अव आइपिएलमा विदेशी खेलाडी सहभागिता जनाउने छन् । केहि दिन अघि मात्र भारत सरकारले वैशाख ३ गते सम्म सबै भिसा बन्द गरेको छ ।
