ला लिगा: बर्सिलोनाको सहज जित, मेस्सी बने सार्वाधिक गोलकर्ता
ला लिगा: बर्सिलोनाको सहज जित, मेस्सी बने सार्वाधिक गोलकर्ता
२५ फागुन २०७६ एजेन्सी: स्पनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित दर्ता गरेको छ । रियल सिसडालाइ १-० ले पराजित गर्दै बार्सिलोना शिर्ष स्थानमा उक्लिएको छ । खेलको ८१ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै बार्सिलोनाले सहज जित दर्ता गरेको छ ।
रोबिन डी नर्मान्डको ह्याण्ड बलमा बार्सिलोनाले पेनाल्टी पायो र सो पेनाल्टीको सदुपियोग गर्दै मेस्सिले आफ्नो बार्सिलोनालाइ जित दिलाए ।
जित संगै स्पनिस ला लिगा फुटबलमा हाल बार्सिलोना पहिलो स्थानमा रहेको छ भने रियल मड्रिड दोस्रो स्थानमा रहेको छ । ला लिगा फुटबलमा रियल मड्रिडको २६ खेलमा ५६ अंक रहेको छ भने बार्सिलोनाको २७ खेलमा ५८ अंक छ।
ला लिगा फुटबलमा जारि सिजन बार्सिलोनाका स्टार मेस्सी १९ गोल गरेका छन् । ३२ बर्षक मेस्सीले जारि सिजन २२ खेलबाट १९ गोल गरेका छन् ।
ला लिगा फुटबलमा जारि सिजन सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा मेस्सी पहिलो स्थानमा रहेका छन् भने करिम बेनजीमा दोस्रो स्थानमा रहेका छन्
