एसीसी टि-२०मा नेपालले थाइल्याण्डसँग जित्नै पर्ने दबाबमा
एसीसी टि-२०मा नेपालले थाइल्याण्डसँग जित्नै पर्ने दबाबमा
१९ फागुन २०७६ काठमाडौँ : पछिल्लो समय खस्कने क्रममा रहेको नेपाली क्रिकेटको साखलाई जोगाउन नेपाललाई यस पटकको एसीसी टि-२०ले पनि साथ दिएन। थाइल्याण्डमा जारि यस प्रतियोगितामा जितको लक्ष राखेको नेपालले लगातार दुइ खेल हारिसकेको छ। एसीसी टी २० इस्टर्न रिजन अन्तगर्त नेपालले आगामी (बुधबार) थाइल्याण्डसँग खेल्दैछ । जारी प्रतियोगितामा लगातार दुई खेलमा लज्जास्पद हार ब्यहोरेको नेपाल थाइल्याण्ड विरुद्ध भने भारी जितको अपेक्षामा रहेको छ ।
नेपालले पहिलो खेलमा मलेसियासँग पराजित हुन पुगेको थियो भने दोस्रो खेल पनि फितलो ब्याटिङका कारण हङकङसंग हारेको छ ।
नेपालले मलेसियासँग ११ बर्षपछि २२ रनले पराजित हुँदा दोस्रो खेलमा हङकङसंग ४३ रनको पराजय ब्यहोर्यो । नेपालले हार मात्र ब्येहोरेन, नेपाल आफ्नो बरियता भन्दा निकै तलका टिमसँगहार ब्येहोरेको थियो ।
आगामी बुधबार नेपालले तेस्रो खेल थाइल्याण्डसँग खेल्दै छ जसमा नेपालले जित्नुको विकल्प छैन ।
नेपाललाई दुई खेल हारेकाले बाँकी दुई खेलमा भारी अन्तरको जित अत्यन्त आवश्यक हुँदाहुँदै पनि शिर्ष दुईमा पुग्नका लागि थाइल्याण्ड विरुद्ध त्यो संभव देखिदै गर्दा सिंगापुर विरुद्ध हुने खेल भने चुनौतीपुर्ण मानिएको छ ।
थाइल्याण्डले पनि जारी प्रतियोगितामा दुई खेलमा दुबैमा हार ब्यहोरको छ । अरुको प्रदर्शनमा भर पर्नुपरेको नेपालले आफ्नो खेल जितेर मात्र हुन्न । नेपालले खेलेका टिमहरु बाँकी खेलमा हार्नुपर्छ ।
तर प्रतियोगितामा मलेसियाले दुई खेल खेल्न बाँकी छ । उसले खेलेका दुई खेलमा दुईमा जित निकालेको छ । हङकङले एक खेलमात्र खेलेको छ । उसले तीन खेल खेल्न बाँकी रहेको छ ।
