क्रिकेटखेलकुद

डब्लुसीएल लिग २: शरद भेसवाकरको पहिलो अर्धसतक

डब्लुसीएल लिग २: शरद भेसवाकरको पहिलो अर्धसतक

२२ माघ २०७६ काठमाडौँ : डब्लुसीएल लिग २ अन्तर्गत आज भएको पहिलो खेलमा ओमानले नेपाललाइ दिएको १९८ रनको लक्ष पछ्याउने क्रममा नेपालका सरद भेसावाकरले पहिलो अर्धसाताक प्रहार गरेका छन् । ३८ औ ओभरको खेल जारि रहेका समयमा भेसावाकर्ले आफ्नो व्यक्तिगत अर्धसाताक प्रहार गरेका हुन्।

लक्ष पछ्याउने क्रममा रहेको नेपालले आफ्नो सात विकेट गुमाउदै १३७ रङ बनाएर खेलिरहेको छ।

पहिले टस जितेर बलिङ रोजेको नेपालले ओमान लाइ ब्याटिङको निम्तो दिएको थियो। पहिले ब्याटिङ पाएको ओमानले ५० ओभर खेल्दै आफ्नो ९ विकेट गुमाउदै १९७ रन जोड्न सफल भएको हो।

पहिले बलिङ रोजेको नेपालका लागि कारण केसीले ४ विकेट लिएका छन् भने सुशन भारीले ३ विकेट लिएका छन् र दिपेन्द्र सिंह ऐरीले १ विकेट लिएका छन् । त्यसैगरी एउटा रन आउट भएको छ।

नेपालका लागि पहिलो विकेट कारण केसीले लिएका थिए। करन केसीले पहिलो विकेटका रुपमा ओमानका ब्याटमेन जितेंदर सिंहको विकेट लिएका छन्। त्यसैगरी दोश्रो विकेट पनि कारणले नै लिएका थिए। उनले दोश्रो विकेटका रुपमा सातौ ओभरमा ओमानका ब्याटमेन खवर अलिको विकेट लिएका ह्युन। तेश्रो विकेट भने अविनाश बोहराले लिएका छन्। उनले तेह्रौ ओभरको तेश्रो बलमा ओमानका ब्याटमेन अकिब इलियासको विकेट लिएका हुन्। अविनाश बोहराले गरेको बलिङमा रन लिने क्रममा दिपेन्द्र सिंह ऐरीले रन आउट गर्न पुगेका हुन्। त्यसैगरी चौथो र पाचौ विकेट भने सुशन भारिले लिन सफल भएका छन्। अनले खेलको १९औँ ओभर गर्ने क्रममा एकै ओभरमा दुइ विकेट लिएका हुन्। उनले ३९ औँ ओभरमा ओमानका सन्दिप गोडको विकेट लिंदै ह्याट्रिक विकेट लिन पुगे। त्यस पछि दिपेन्द्र सिंह ऐरीले गरेको बललाइ ओमनका ब्याटमेन बादल सिंहले फर्काए संगै सोहित कुमार पौडेलले क्याच आउट गर्दै नेपालका लागि सातौँ विकेट लिन सफल भए। त्यसैगरी कारण केसीको बलमा नसिम खुसिले प्रहार गरेको बललाई सरद भेसवाकरले क्याच आउट गर्न सफल भए र ओमन को आठौँ विकेट पनि पतन भयो। सोहि ओभरमा कारण केसीले गरेको बलमा विकेट किपर बिनोद भण्डारीले क्याच गर्दै ओमानको नवौ विकेट लिन सफल भए।

सुशन भारीको ओडिआइ क्रिकेटको यो डेब्यु म्याच हो। उनले जिसान मक्सुद र सुरज कुमार र सन्दिप गोडको विकेट लिएका हुन्।

नेपालले वान डे मान्यता पाएको झण्डै दुई वर्षपछि घरेलु मैदानमा खेल्दै छ। त्रीकोणात्मक सिरिज अन्तर्गत नेपाल,ओमन र अमेरिकाले आफ्नो टोलीको घोषणा गरिसकेको छ । कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय मैदानमा राउण्ड रबिन लिगको आधारमा एक दिवसिय श्रृंखला चल्नेछ ।

नेपाल प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, सन्दिप लामिछाने, कारण केसी, आरिफ सेख, बिनोद भण्डारी, अविनाश बोहरा, सुसन भारी, रोहित पौडेल, शरद भेसवाकर, रहेका छन्

आईसीसी विश्व क्रिकेट लिग-२ आजबाट काठमाडौँमा आज बात सुरु भएको छ । घरेलु टोलि नेपालले आज पहिलो खेल ओमन सँग खेलिरहेको छ । विश्व क्रिकेट लिग २ अन्तर्गतको खेल आज माघ २२ देखि २९ गते सम्म चल्ने छ। नेपाल र ओमनको खेल कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय मैदानमा बिहान ९:३० बजे देखि सुरु भएको छ । खेलमा नेपालले टस जितेर बलिङ् रोजेको छ।