समाचार

नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष धामी मृत फेला, हत्याको आंशका

नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष धामी मृत फेला, हत्याको आंशका

२१ माघ २०७६ अछाम: अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं.२ का वडा अध्यक्ष पदम वहादुर धामी मृत अवस्थामा फेला परेका छन्। वडा अध्यक्ष पदम वहादुर धामी आज बिहान छिमेकीको गोठमा मृत अवस्थामा फेला परेका हुन्।

सो घटनाबिषयमा थप अनुसन्धानका लागि डिएसपी भारती लगायतको टोली घटनास्थलमा पुगेको छ । प्रारम्भिक अनुसन्धानबाट कसैले हत्या गरेको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

मृतक धामी शिक्षक पेशाबाट राजीनामा गरी नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।