आज कहाँ कहाँ वर्षा र भारी हिमपात हुने ?
आज कहाँ कहाँ वर्षा र भारी हिमपात हुने ?
३ माघ २०७६ काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ ।मौसम पूर्वानुमान महाशाखा अनुसार नेपालको पश्चिमी ,मध्य भू-भागमा र पुर्वी पहाडी भू-भागमा सामान्य देखि पूर्णतया बदली रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ३ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको संभाबना रहेको छ।
माघ ४ गते (शनिबार)
दिउँसो : देशभर आन्शिक देखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।
माघ ५ गते (आइतबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।
रातीः देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातका साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न हुन सर्वसाधारण लाई अनुरोध छ ।