पत्रपत्रिकाराजनितीसमाचार

मन्त्रीसँग मुखमुखै लागेपछि !

मन्त्रीसँग मुखमुखै लागेपछि !

१६ पुस २०७६ काठमाडौं: रघुवीर महासेठको बहिर्गमन पछि उनको ठाउँमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका वसन्त नेम्वाङसँग सहसचिव राजेश्वर ज्ञवालीले मुखमुखै लागेपछि हंगामा मच्चिएको छ।

बहिर्गमित मन्त्री महासेठको ‘खास’ भनेर चिनिएका सहसचिव राजेश्वर नयाँ मन्त्री नेम्वाङसँग चर्को स्वरमा गतहप्ता मुखमुखै लागेपछि हंगामा मच्चिएको छ । राजेश्वर रघुवीरका विश्वासपत्र मानिन्छन । उनलाई विस्थापित गरेर गएका नेम्वाङले रघुवीरको डिजाइनमा असहयोग गरेको आरोप लगाएका थिए ।

वसन्तले प्रशासन महासाखा प्रमुखसमेत रहेका राजेश्वरसँग असहयोग गर्नुका कारण सोधेपछि हो, मन्त्रीसँग ज्ञवालीले मुखमुखै लागेको ।

ज्ञवाली ‘मन्त्री भएँ भन्दैमा आफ्नो हैसियत बिर्सिने ? जे मन लाग्यो, त्यही भन्ने ?’ यसो भन्दै हाकिम जंगिँदा शान्तपूर्वक सम्झाउने प्रयास भयो, ‘मन्त्रीसँग बोल्दा हैसियत त तपाईँ बिर्सिँदै हुनुहुन्छ’ भनेर केसीले भनेको सुन्ने बित्तिकी ज्ञवालीले फर्काइहाले,‘तिम्रो हैसियत मलाई राम्रोसँग थाहा छ । के गर्नुपर्छ मैले पनि जान्याछु ।’

बाहिरिएका पुर्व मन्त्रि रघुवीर सिञ्चाइमन्त्री हुँदा निजी सचिव रहेका राजेश्वर महासेठ भौतिकमन्त्री भएपछि पनि महासेठसँगै पछि लागेर मन्त्रालय चलाए । त्यतिबेला मन्त्रीको निजी सचिवभन्दा पनि कमिसन एजेन्टका रुपमा बढी परिचित रहेको आजको जनआस्था साप्ताहिकमा खवर छ ।