देशराजनितीसमाचार

प्रहरी महानिरीक्षक खनालको चीन भ्रमण किन गरियो अस्वीकृत?

प्रहरी महानिरीक्षक खनालको चीन भ्रमण किन गरियो अस्वीकृत?

१० पुस २०७६ काठमाडौँ : नेपाल प्रहरीका महानिरीक्षक सर्वोन्द्र खनालको चीन भ्रमण पनि सरकारले अस्वीकृत गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आईजी खनालको चीन भ्रमण अस्वीकृत गरेको हो । गृहमन्त्री रामबहादुर थापासँगै पुस २१ गते महानिरीक्षक खनालको चीन जाने कार्यक्रम थियो । तर सो कार्यक्रमलाई उल्टाउदै आईजी खनालको स्थानमा अर्का एक डिआईजीलाई पठाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

आईजीपी खनालको भ्रमण प्रस्ताव रद्द भएपनि भ्रमण रद्द गरिनुको कारण भने सरकारले खुलाएको छैन। उनि संगै एउटै टिममा जाने भनिएका गृहमन्त्री थापा, उनका सुरक्षा सल्लाहकार इन्द्रजीत राई लगायतको भ्रमण भने बैठकले अनुमोदन गरेको छ । गृहमन्त्री थापा चीनका आन्तरिक सुरक्षा मामिलासम्बन्धी मन्त्रालयको निमन्त्रणामा चीन जान लागेका हुन्।

यसअघि सरकारले अमेरिकाको सिकागोमा हुने विश्वका प्रहरी प्रमुखहरूको सम्मेलनमा जानका लागि अन्तिम तयारीमा रहेका खनालको भ्रमण अस्विकृत गरेको थियो ।