गायक रामकृष्ण ढकाल र पत्नी निलम साहको सम्बन्धविच्छेद
गायक रामकृष्ण ढकाल र पत्नी निलम साहको सम्बन्धविच्छेद
९ पुस २०७६ काठमाडौं : नेपालका चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम साह ढकालबिचको सम्बन्धविच्छेद भएको छ । पत्नी निलम साह ढकालले जिल्ला अदालत काठमाडौंमा सम्बन्धविच्छेदको निवेदन दिएपछि सम्बन्ध विच्छेद गर्न दुवैजनाले मिलापत्र गरेका हुन् ।
जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासमा ढकाल दम्पत्ति सम्बन्ध विच्छेद गर्न राजि भएको गायक ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेका छन् । ढकाल पत्नी निलम साह ढकाल ‘बादी रहेको सो मुद्धामा बादी (निलम) ले अंश नलिने गरी मिलापत्र भएको छ।
।’
ढकाल दम्पत्तिको एउटी छोरी छन्उ भने अब गायक ढकाल र आमा निलमबिचको सम्बन्ध बिच्छेद पश्च्यात उनि आमासँग रहने भएकी छन् ।
