कामना फिल्म अवार्ड्स पुष १९ गते
कामना फिल्म अवार्ड्स पुष १९ गते
२६ मङ्सिर २०७६ काठमाडौँ : नेपाली चलचित्र जगतमा लोकप्रिय रहदै आएको कामना फिल्म अवार्ड्सको पाँचौ संस्करण आगामी पुष १९ गते शनिवार हुने भएको छ ।
गोदरेज नम्वर वनको प्रयोजन रहेको यो कार्यक्रम ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने तय भएको छ।
यो बर्ष गोदरेज नम्वर वन पपुलर च्वाईस अवार्डमा नायिकाहरु वर्षा राउत, सृष्टी श्रेष्ठ, साम्राज्ञी राज्य लक्ष्मी शाह, प्रियंका कार्की र स्वस्तीमा खड्का मनोनयनमा परेका छन्।
आजभन्दा ३६ वर्षअगाडि नेपाली चलचित्र तथा कलाकार र प्राविधिकलाई मान सम्मान एवं सामाजिक प्रतिष्ठा दिलाउने उद्येश्यले यस अवार्ड को आयोजना कामना न्यूज पब्लिकेसनले गरेको हो।
यसको निर्णय प्रतिस्पर्धी विधाका लागि तयार पारिएको मूल्यांकन मापदण्डका आधारमा निर्णायक मण्डलले २६ विधामा मूल्यांकन गर्नेछ। त्यसै गरी चलचित्र क्षेत्रमा पुर्याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली चलचित्रको उन्नयनमा योगदान पुर्याउने एक/एकजना फिल्मकर्मीलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ।