क्रिकेटखेलकुद

श्रीलंकाका पूर्व कप्तान उपुल थरंगाले ललितपुरबाट ईपिएल खेल्ने

श्रीलंकाका पूर्व कप्तान उपुल थरंगाले ललितपुरबाट ईपिएल खेल्ने

१३ माघ २०७६ काठमाण्डु : ईपीएलले आगामी सिजन धेरै विश्वचर्चित खेलाडी भित्र्याउने तयारी गरिरहेको छ। यसै क्रममा केहि खेलाडीलाइ अनुबन्ध गरिसकेको छ भने केहि खेलाडी अनुबन्ध गर्ने क्रममै छ ईपीएल । यसै क्रममा श्रीलंका पूर्व कप्तान उपुल थरंगाले पनि आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग खेल्ने भएका छन् । गत वर्षको विजेता ललितपुर प्याटियटर्सबाट थरंगाले इपिएल खेल्ने भएका हुन् ।

श्रीलंकाका पुर्व कप्तान तथा विकेटकिपर समेत रहेका विश्व चर्चित क्रिकेटर उपुल थरंगाले श्रीलंकाबाट ३१ टेष्ट, २ सय ३५ ओडीआई र २६ टि ट्वान्टी आई खेलेका छन् । टेष्टमा ३ शतक र ८ अर्ध शतक सहित १७ सय ५४ रन बनाएका छन् ।

ओडीआईमा उनले १५ शतक र ३७ अर्ध शतक सहित कुल ६ हजार ९ सय ५१ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन १ सय ७४ नट आउट छ । २६ टि ट्वान्टी खेलमा ४ सय ७ रन बनाएका छन् ।
त्यस्तै वेस्ट इन्डिजका स्टार अलराउन्डर ड्वेन स्मिथले इपिएल शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्याडियटर्सबाट खेल्ने छन् । दक्षिण अफ्रिका पुर्व कप्तान हसिम अमलाले पनि इपिएल खेल्ने पक्का भएको छ । यस पटक इपिएल खेल्ने ठूला नाम आउने क्रम जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *