WC 2019_Ind VS NZ: भारत या न्युजिल्यान्ड, कसले कसलाई जित्छ ?

भारत र न्युजिल्याण्डबीचको स्थगित खेल आज IND vs NZ Live Streaming: कहाँ र कसरी हेर्ने लाइभ- सम्पूर्ण जानकारीWC 2019_Ind VS NZ: भारत या न्युजिल्यान्ड, कसले कसलाई जित्छ ?

WC 2019_Ind VS NZ:के भारतले न्युजिल्यान्डको जितको यात्रा लाऊला पूर्णविराम ?

३० जेठ २०७६ एजेन्सी: विश्वकप क्रिकेटमा आज भारत र न्युजिल्यान्डबिच प्रतिस्पर्धा हुँदै छ । आजको खेल ३:१५ बजे सुरु हुने छ ।आजको खेल ट्रेन्ट ब्रिजमा हुँदै छ । आजको खेललाई निकै महत्पूर्ण रुपमा हेरिएको छ । दुवै टोलि निकै उच्च लयमा रहेका छन् ।

अंक तालिकाको शीर्ष स्थानमा न्युजिल्यान्ड रहेको छ भने भारत चौथो स्थान रहेको छ ।न्युजिल्यान्डले पहिलो खेलमा श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशलाई दुई विकेटले पराजित गरेको न्युजिल्यान्डले तेस्रो खेलमा भने अफगानिस्तानलाई सात विकेटले पराजित गरेको थियो ।

भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो । भने दोस्रो खेलमा अष्ट्रेलियालाई ३६ रनले पराजित बनाएको थियो।

आजको खेलमा दुवै टोलि जितको खोजीमा मैदान उत्रिने छन् ।विश्वकपको अभ्यास खेलमा भारत र न्युजिल्यान्डको भेट भएको थियो ।सो खेलमा न्युजिल्यान्ड भारतको ब्याटिङ लाइन ध्वस्त नै भएको थियो । ३९।२ ओभरमा भारतले सबै विकेटको क्षतिमा १७९ रन मात्रै बनाउन सकेको थियो । सामान्य लक्ष्य पाएको न्युजिल्यान्डले ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । त्यही नतिजालाई दोहो¥याउने लक्ष्यमा न्युजिल्यान्ड रहेको छ । भारतभने त्यसको बदला लिन चाहन्छ ।

आजको खेलमा भारतीय टिममा मुख्य ब्याट्सम्यान शिखर धवन रहने छैनन् । चोटका कारण उनी केही हप्ता मैदान बाहिर छन् । अष्ट्रेलियाविरुद्वको खेलमा उनले चोट बोकेका थिए । सो खेलमा धवनले १ सय १७ रनको शतकिय ईनिङ्स खेलेका थिए । शिखर धवन ठाउमा लोकेश राहुल र रोहित शर्माले ओपनिङ जोडीको रुपमा सुरुवात गर्नेछन् भने धवनको स्थानमा विजय शंकर र दिनेश कार्तिक मध्य एकलाई लिन सक्ने विकल्प विराटलाई छ । आजको खेलमा बर्षा बाधक हुने सम्भावना छ ।

भारत टिम
विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।

न्युजिल्यान्ड टिम
केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुन्रो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, टे«न्ट बोल्ट, टिम साउथी, माट हेनरी, लोकी फर्गुसन र इश सोधी

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...