WC 2019_Aus vs Pak:बीबीसी अनुसार आजको खेलमा पानी पर्न सक्ने सम्भावना

WC 2019_Aus vs Pak:बीबीसी अनुसार आजको खेलमा पानी पर्न सक्ने सम्भावना

२९ जेठ २०७६ एजेन्सी: विश्वकप क्रिकेटमा आज (बुधबार) एक खेल हुँदैछ । आजको खेल अष्ट्रेलिया र पाकिस्तानबिच हुँदै छ । आजको खेल ३:१५ बजे देखि सुरु हुँदै छ । इग्ल्याण्डको सोमरसेटमा बुधबार हुने खेलमा साबिक बिजेता अनि उपाधि दाबेदार अनुमान गरिएको राष्ट्र अष्ट्रेलिया र अण्डर डगको रुपमा रहदै आएको पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ ।

अष्ट्रेलिया र पाकिस्तान दुवै टोलि निकानले लक्ष्य सहित मैदान उत्रिदै छन् ।अष्ट्रेलियाले ३ खेलमा २ जित र १ हारसहित ४ अंक छ भने पाकिस्तानको ३ खेलमा १ जित, १ हार र १ बराबरी खेलेको पाकिस्तानको ३ अंक छ ।

दुई टोलीलाई वर्षाको डर रहनेछ । काउन्टी ग्राउण्डमा वर्षा हुने सम्भावना रहेको छ । विश्वकपको ३ खेल वर्षाको कारण स्थगित भईसकेको छ । भारत र न्यूजिल्याण्डको खेल हुने ट्रेन्ट ब्रिजमा पनि पानी पर्ने पूर्वानुमान गरिएको छ ।

विश्वकपमा अष्ट्रेलिया ५ चोटी विश्वकपको उपाधि हात पारेको छ भने पाकिस्तान एक छोटी उपाधि हात परेको छ ।

अष्ट्रेलियाको टिम :
आरोन फिन्च (कप्तान) जेसन बेहरनडर्फ,एलेक्स केरी (विकेटकीपर),नाथन कुल्टर नाईल,प्याट कमिन्स,उस्मान खवाजा,नाथन लायन,शन मार्श,ग्लेन म्याक्सवेल,केन रिचड्सन,स्टिभ स्मिथ,मिचेल स्टार्कमार्कस स्टोईनिस,डेविड वार्नर,एडम जम्पा

पाकिस्तान टिम:
सर्फराज अहमद (कप्तान), मोहमद आमिर,बाबर आजम, आसिफ अलि, फखर जमान, हरिस सोहिल, हसन अली,इमाद वासिम , इमाम उल ,वाहब रियाज, मोहमद हाफिज, मोहमद हसन, शादब खान, शाहिन साह अफ्रिदी र शोयब मल्लिक टोलीमा अटाएका छन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...