Vacancy

Vacancy – विश्वघटना अनलाइनमा काम गर्ने अवसर – विश्वघटना अनलाइनका लागि सृजनशील, नयाँ काम र प्रयोग गर्न उत्सुक, मिलनसार तथा पत्रकारिताको निम्न बिषय र विधामा दक्ष केही पूर्णकालिन जनशक्ति आवश्यक परेकोले इच्छुक नेपाली नागरिकले तल उल्लेखित इमेल वा कार्यालयको ठेगानामा आवेदन दिनुहोला ।

विश्वघटना अनलाइन

१) पद : सम्वाददाता (राजनीति, प्रसासन विट) — २ जना

मूख्य जिम्मेवारी

#नेपालका राजनीतिक दल, नेता, संसद, सांसद, निजामति कर्मचारी, प्रशासन र अदालत लगायतका क्षेत्रका समाचार, फिचर, अन्तर्वार्ता लगायत सामग्री संकलन, लेखन र आधारभूत सम्पादन गर्ने ।

#अन्य सहकर्मीले उल्लेखित बिषयमा तयार पारेका सामग्रीको मूल्यांकन, सम्पादन तथा पुनर्लेखन गर्ने ।

२) पद : सम्वाददाता (अर्थ, बजार र विकास विट) — १ जना

मूख्य जिम्मेवारी

#शेयर बजार, कमोडिटी बजार, बैंक, कर्पोरेट सेक्टर, विकास निर्माणमा आधारित समाचार, फिचर, अन्तर्वार्ता लगायतका सामग्री संकलन, लेखन र आधारभूत सम्पादन गर्ने ।

#अन्य सहकर्मीले उल्लेखित बिषय र विधामा तयार पारेका सामग्रीको मूल्यांकन, सम्पादन तथा पुनर्लेखन गर्ने ।

आवश्यक न्यूनतम योग्यता

#माथि उल्लेखित विटमा विगत २ बर्षदेखि राष्ट्रिय स्तरको पत्रिका, रेडियो वा अनलाइनमा सक्रिय रुपमा काम गरिरहेको ।

#नेपाली भाषामा दखल भएको, शुद्धसँग लेख्न सक्ने ।

#पत्रकारिताका सिद्धान्त, मूल्य र मान्यतासित परिचित र तिनमा अडिग ।

#पत्रकारिता वा अन्य कुनै पनि विषयमा स्नातक ।

३) पद: भिडियो सम्पादक (२ जना, पूर्णकालिन)

कामको विवरण

#विश्वघटना अनलाइनका सहकर्मीले खिचेर ल्याएका भिडियोहरु सम्पादन गर्ने ।

#विश्वघटनाको स्टुडियोमा अन्तर्वार्ताको भिडियो रेकर्ड गर्ने, अरुले रेकर्ड गरेका र स्टुडियोमा रेकर्ड गरिएका भिडियो अन्तर्वार्ता र सामग्रीहरुको सम्पादन गर्ने ।

आवश्यक न्यूनतम योग्यता :

#कुनै पनि टेलिभिजन वा भिडियो उत्पादन गर्ने संस्थामा भिडियो सम्पादनमा कम्तिमा १ बर्षको अनुभव भएको ।

#भिडियो उत्पादन सम्बन्धि प्राविधिक ज्ञान (क्यामेरा र भिडियो सम्पादन सफ्टवेयर) राम्रो भएको ।

४) पद : मार्केटिङ अफिसर – २ जना (पूर्णकालिन)

कामको विवरणः

#विश्वघटना अनलाइनका लागि आवश्यक विज्ञापन सामग्री खोज्ने ।

#बिज्ञापन एजेन्सी तथा बिज्ञापनदाता व्यावसायिक, व्यापारिक प्रतिष्ठान, विभिन्न संघ संस्था, सरकारी–अर्ध सरकारी कार्यालय, संस्थानहरु, विभिन्न संगठित संस्था, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुसंग समन्वय गरि अनलाईनको बजार विस्तार गर्ने ।

#बिज्ञापनदाता संघ संस्थाहरुको डिजिटल मार्केटिङ योजनाहरुको जानकारी राख्ने र उपयुक्त समयमा आफ्नो प्रस्ताव पेश गर्ने ।

आवश्यक न्यूनतम योग्यता

#बजार व्यवस्थापन वा सम्वन्धित विषयमा स्नातक तह उत्तिर्ण ।

#बिज्ञापन बजार तथा अनलाइन मिडिया मार्केटिङ ट्रेन्डको राम्रो ज्ञान भएको ।

#गुगल एनालाइटिक्स, फेसबुक इन्साइट्सको बारेमा सामान्य ज्ञान भएको ।

#इन्टरनेट तथा इ–मेल चलाउनमा दक्ष ।

आवश्यक पर्ने अन्य कागजात पछि मागिने भएकोले आवेदन र वायोडाटा मात्र पठाउनु होला ।

तलव तथा सेवा सुविधा
#अनुभव, कार्यक्षमताका आधारमा छलफल गरेर तय गरिनेछ ।

आवेदन आइपुग्नुपर्ने अन्तिम मिति
२०७६ जेठ मसान्त भित्र
आवेदन दिने ठेगाना
विश्वघटना अनलाइन नेटवर्क
विश्व घटना
मध्य-वानेश्वोर , काठमाडौँ, नेपाल
इमेल : [email protected]