AAJAKO RASHIFAL (आजको राशिफल 2075 | NEPALI RASHIFAL | AJA KO RASHIFAL)Nepali-आजको राशिफल

AAJAKO RASHIFAL (आजको राशिफल 2075 | NEPALI RASHIFAL | AJA KO RASHIFAL)Nepali-आजको राशिफल

राशिफल – HOROSCOPE
आजको राशिफल – TODAY’S HOROSCOPE (२०७५ साल चैत्र १३ गते बुधबार )
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। काम गर्ने अवसर प्राप्त भए पनि प्रतिफल प्रतीक्षा गर्नुपर्ला। अरूको भरपर्दा आफ्नो काम प्रभावकारी काम नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। आलोचकहरूलाई पनि व्यवहारले समेट्ने प्रयास गर्नुहोला। कार्य सम्पादनमा समस्या आउला । वैदेशिक क्षेत्र कमजोर रहला । गरेका काममा ढिलासुस्ती हुनेछ । चुनौतीको सामनापनि गर्नुपर्ला । मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुपर्ला। कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेममा सफलता पाईनेछ विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ। मनोरञ्जनमा खर्च बढ्नेछ। सेवामूलक कामबाट भने राम्रो उपलब्धि प्राप्त हुनेछ। सहयोगीहररूले साथ दिनाले रोकिएका काम बन्नेछन्। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्ने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिले आँटेका काममा बाधा पुर्याउन सक्छ। वैधानिक प्रावधानले केही अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्। तापनि मिहिनेत गर्दा नियमित काम बन्नेछन्। रमणीय र सुखद् यात्राको योग छ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । कला एवं साहित्यमा रुचि बढ्नेछ । मंगल कार्यको योग छ । थोरै भए पनि दिगो काम प्रारम्भ हुनेछ। केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झाउन सफल भइनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। तर, दिइएकोको वचन पूरा गर्न नसक्ता आलोचित बन्नुपर्ला। ईर्ष्या गर्नेहरूले पनि बाधा पुर्याउनेछन्। अरूको विषयमा चासो राख्दा दु:ख पाइनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ। ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । शैक्षिक क्षेत्रमा बाधा आउला । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। अरूको मुख नताकी कर्मयोगमा लाग्दा फाइदा उठाउन सकिनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। खर्च बढ्नाले आर्थिक अभाव देखा पर्ला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। साथीभाइसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। नियमित काम सम्पादन भए पनि सहयोगीहरू पछि हट्न सक्छन्। आँटेको काममा पनि केही व्यवधान हुनेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । घरमा अतिथीको आगमन हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रयत्न गर्दा भौतिक साधन जुटाउन सकिनेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। कर्मफलले मन प्रसन्न रहनेछ। मिहिनेतले राम्रो उपलब्धि दिलाउनेछ भने जीवनशैलीमा परिवर्तन आउनेछ। तर पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा पनि केही धन बाहिरिने समय छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

केही अवरोध भए पनि कर्मको प्रतिफल पाइनेछ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। प्रतिष्ठित काम शुभारम्भ गर्ने मौका छ। अवसर प्राप्त भए पनि अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। कला,साहित्य एवं संगीतमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। बुद्धिको उपयोगले केही काम सम्पादन हुनेछन्। मिहिनेतले विद्या तथा धन आर्जन गर्न सकिनेछ। विशेष अवसरले दैनिकीमा परिवर्तन ल्याउनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। शुभचिन्तकहरूले सहयोग जुटाउनेछन्। तर विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण लक्ष्यमा पुग्न समस्या पर्नेछ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। विद्या र बुद्धिको विकास हुनेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। पार्टी–भोजको अवसर प्राप्त भए पनि स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। व्यापार-व्यवसाय बढ्नेछ भने श्रमको राम्रो उपलब्धि हात पार्न सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

दौडधुपमै समय बित्नेछ भने आँटेको काम स्थगित हुन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभाव देखा पर्नेछ। तापनि विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । फलदायी यात्रा नरहला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। विवादले समस्या निम्त्याउन सक्छ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्त गर्न पछि परिनेछ। रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। मिहिनेतले आम्दानी बढाउनेछ। श्रमको उचित मूल्यांकन होला। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। घरमा अतिथीको आगमन हुनेछ । मनमा उत्साहका साथै बोली बिक्ने समयछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । साङगीतिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ ज्ञान सिक्ने समय छ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। दिन उत्साहवर्द्धक रहनेछ। केही अप्ठ्यारा परिस्थिति आए पनि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। यात्राको अवसर पनि प्राप्त हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

हिम्मतले काम लिँदा मनग्गे लाभ हुनेछ। चिताएको काम बनाउन सकिनेछ। समयमा स्रोतसाधन जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउला। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। शुभ समाचार सुन्न पाइएला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको योगपनि रहेको छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बित्न सक्छ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। व्यवसायमा फाइदा हुनेछ तर नयाँ काम गर्न समय पर्खनुहोला। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई पनि पाठ सिकाउन सकिनेछ। केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। वैधानिक प्रावधानले केही अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। उपहार पाइने सम्भावनाछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। परिस्थिति अनुकूल हुनाले रोकिएको काम सम्पादन गर्न सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। दिगो फाइदाको स्रोत पहिचान गरी अघि बढ्न सकिनेछ।

सोसियल मिडियामा सेयर गर्नुहोस !
Loading...