समाज

काम गरेको साढे पाँच करोड तिर्न आलटाल

कोरोना संक्रमण कालमा जोखिम मोलेर गरेको कामको भुक्तानी नपाएपछि हरि श्रेष्ठ मर्कामा परेका छन्। काठमाडौँको भत्केकोपुलमा आफ्नो ग्रिल तथा हार्डवेयर ब्यवशाय गर्दै आएका हरि श्रेष्ठले कोरोना काल भन्दा पहिला गरेको सम्झौता उपर नै काम गरेको तर ग्रामिण कृषि शेवा नामक संस्थाले काम गरेबापतको करिब साढे पांच करोड अझ भुक्तानी नगरेको उनको आरोप छ।

आफुले काम गरेको तथा सामानको भुक्तानी बिगत ३ वर्ष देखि सो संस्थाले आलटाल गरेको भन्दै श्रेष्ठले सो रकम मान्न जाँदा ग्रामिण कृषि सेवाका संचालक गोबिन्द थपलियाले बारम्बार आलटाल गरेको र धम्कि समेत देने गरेको बताउछन।

पाँचखालमा कृषि फर्म निर्माण गर्ने क्रममा करिब ९ करोड बराबरको लगानी गरेको तर साढे तिन करोड मात्र भुक्तानी पाएको र बाँकी रकम तिर्ने बेलामा विभिन्न बहाना बाजी गर्दै लफडा गरेको श्रेष्ठको आरोप छ।

आफुले बैंक बाट ऋण लिएर समेत लगानी गरेको बताउंदै श्रेष्ठले भने, बैंकले तागेता गर्छ आफुले लगानी गरेको ठाउँबाट पैसा उठ्दैन, साहुमाहाजनले समेत दिनदिन तागेता गर्छन, कामदारले ज्याला दिन दबाब दिन्छन, म के गरु।

आफ्नो हिसाबकिताब छिटो मिलान गर्न आग्रह गर्दै श्रेष्ठले भने, वहालाई यदि चित्त बुझ्दैन भने आफ्नै इन्जिनियर लगेर नापजोख गरेर हिसाब निकाले हुन्छ। तर आलटाल गरेर मलाई अल्झाउने काम नगरिओस। मलाई तुरुन्त भुक्तानी चाहिन्छ। नत्र अब मेरो अन्तिम विकल्प भनेको साहु तथा कामदार लिएर वहाकै घर अफिस पुग्ने बाहेक विकल्प छैन, श्रेष्ठ बताउछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *