देशसमाचार

समाचार सङ्कलनका क्रममा पत्रकारमाथि खुकुरी प्रहार घटना ढाकछोप गर्ने प्रहरीको प्रयास असफल

१२ कार्तिक २०७८ भक्तपुर : समाचार सङ्कलन गर्न पुगेका पत्रकार कुशलव केसीसहित तिन जना पत्रकार माथि खुकुरी प्रहार भएको छ । भक्तपुरको बालकोटमा लेनदेनको विषयमा दुई पक्षका बीचको झगडाको समाचार संकलन गर्न गएका पत्रकार केसीमाथी विहिवार खुकुरी प्रहार भएको हो ।

घाइते हुनेमा पत्रकार कुशलव केसी क्यामेरा मेन किरन तामाङ र अर्का सहयोगी हरी बहादुर मगर रहेका छन्। लेनदेनको बिषयलाई लिएर भएको झगडामा संलग्न एउटा पक्षका एक पुरुषले पत्रकार केसीको दाहिने पाखुरामा खुकुरी प्रहार गरेर घाइते बनाएको पत्रकार केसीले बताए ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइते भएको देखेको र स्थानीय तथा प्रत्यक्षदर्शीहरुले खुकुरी प्रहार भएको बताएपनि कारबाही र अनुसन्धानको प्रक्रिया सुरु ढिला गरेर शुक्रबार मात्र ज्यान मार्ने उधोगमा उजुरी दर्ता लिएको छ । विहिवार जाहेरी दर्ता गर्न खोज्दा ठिमीस्थीत प्रहरी कार्यालयले कार्यालय समयमा आउनु पर्ने र ज्यान मार्ने उद्योगमा जाहेरी नलिने र दुर्ब्यबहार मात्र भएको उजुरी लिएर आउनुस भन्दै फिर्ता पठाएको पत्रकार केसीले बताए ।

दबाब बढेपछि ठिमीका डिएसपीले कुरा फेर्दै सुक्रबार जाहेरी लिएको समेत केसीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *