केराबारीको देवीझोड़ा स्थित घर-घरमा निर्मलीकरण अभियान सुरु

केराबारीको देवीझोड़ा स्थित घर-घरमा निर्मलीकरण अभियान सुरु

१४ भाद्र २०७७, काठमाडौँ : सत्तारुढ दल नेकपा निकट युवा संघ केराबारी गाउँपालिका कमिटीद्वारा आइतबार बिहान ७ बजे देखि निर्मलीकरण गरिएको छ ।समुदाय स्तरमा एक जना कोरोना संक्रमित भेटिए पछि केराबारीको वडा नम्बर ९ मा पर्ने देवीझोड़ा स्थित घर-घरमा निर्मलीकरण गरिएको हो ।

मोरंगको केराबारीमा तेश्रो चरणको निर्मलीकरण गरिएको युवा संघका नेता बिबेक भुजेलले बताए ।

” राष्ट्रिय युवा संघ नेपाल जनताको साहरा, कोरोना भाइरस विरुद्ध हामी सबैको नारा ” भन्ने मूलनाराको साथ केराबारी वडा नम्बर ३,५,६,७,८,९ का सम्पूर्ण बजार, भित्र रहेका धेरै जमघट हुने घरहरु, पसल, पाटीपौवा, हार्डवेयर, स्वास्थ्यचौकी, मेडिकलहरु, र केराबारी वडा नम्बर १० को हिमालय टोल बिकास सस्थाको केहि मुख्यमुख्य क्षेत्रहरुमा निर्मलीकरण गरिएको हो।

साथै भोलीबाट अन्य ठाउँ र वडामा सोहि कार्य जारि नै रहने र आम्जुंगी नाकाबाट सम्पूर्ण आवतजावत हुने सवारी साधन लगायत मानिसहरुलाई पनि कडा निगरानीका साथ चेकजाँच गरिएको कुरा पनि नेता भुजेलले हामीलाई जानकारी दिएका छन्। यस अभियानमा स्थानियको पनि साथ र सहयोग मिलेको भुजेलले बताएका छन् ।

Posted by Ncp Kerabari on Saturday, August 29, 2020

Posted by Ncp Kerabari on Saturday, August 29, 2020

Posted by Ncp Kerabari on Saturday, August 29, 2020

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ