राजनिती

नेकपा कार्यदलले बुझायो अध्यक्षद्वयलाई सर्वसम्मत प्रतिवेदन

नेकपा कार्यदलले बुझायो अध्यक्षद्वयलाई सर्वसम्मत प्रतिवेदन

६ भदौ २०७७ काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न विवाद समाधानका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । प्रतिवेदन सर्वसम्मत तयार भएकाे छ ।
शनिबार कार्यदलका सदस्यहरूले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउनुभयो ।

कार्यदलमा संयाेजक विष्णुप्रसाद पाैडेल र सदस्यहरू शङ्कर पाेखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी छ जनालाई जिम्मेवारी ताेकिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *