राजनितीसमाचार

उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गर्ने सैद्धान्तिक निर्णय

उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गर्ने सैद्धान्तिक निर्णय

२ भदौ २०७७ काठमाडौँ : उपत्यकामा कोरोना संक्रमण बढ्दै गए पछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुकाे बैठकले आवश्यकता विचार गरी संयुक्त रुपमा निषेधाज्ञा जारी गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।

जिल्लामा निषेध आदेश वा अन्य कुनै कडा कदम चाल्ने बारे तीनवटैजिल्लाका सुरक्षा अधिकारबीच छलफल भएको थियो । निषेधाज्ञा लगाउन सक्ने सैद्धान्तिक निर्णय भएको र बुधबार बेलुका १२ बजेबाट लाग्न सक्छ । कुन समयबाट लगाउने बारे छलफल जारी छ काठमाडौं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तुल्सीराम पौडेलले बताउनुभयो । निषेधाज्ञा जारी भए अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन पाउने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *