राजनितीसमाचार

नेकपाभित्र आजसम्म सत्ताकालागि मात्र बहस भए : सांसद राजेन्द्र गौतम

नेकपाभित्र आजसम्म सत्ताकालागि मात्र बहस भए : सांसद राजेन्द्र गौतम

१ भदौ २०७७ काठमाडौँ : नेकपा सांसद राजेन्द्र गौतमले नेकपा भित्र आजसम्म सत्ता र कुर्सीका लागि मात्र बहस गरेको साथै विकास र विचारको बहस आज सम्म कहिल्यै नभएको बताएका छन्।

बिश्वघटना संगको अन्तरबार्ताका क्रममा केपी शर्मा ओली अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट नहट्ने बताएका छन्। नेता गौतमले सक्ने भए संसदीय दलमा लगेर प्रधानमन्त्रिलाई हटाएर देखौन चुनौती समेत दिएका छन्।

अन्तरबार्ताका क्रममा ओलीको टाउकोमा हान्न खोज्नेलाइ प्रधानमन्त्री ओलीले उल्टै टाउकोमा हानेको समेत बताए। नेता गौतमले जहाँ मन लग्यो त्यहाँ प्रधानमन्त्रिको राजिनामा माग्दैमा राजिनामा दिन बाध्य नहुने बताए। पार्टी भित्रको आन्तरिक बिबादले बिदेशीको चलखेल बढेको बताउंदै अबका दिनमा यसलाई सुधार गरेर लैजानुपर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *