कोरोनाभाइरस

काेराेनाका ६४१ नयाँ सङ्क्रमित थपिए, कुल २६ हजार ६६०

काेराेनाका ६४१ नयाँ सङ्क्रमित थपिए, कुल २६ हजार ६६०

३२ साउन २०७७ काठमाडौँ : कोरोना भाइरसका ६४१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार २४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ६४१ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सक्रिय सङ्क्रमितहरू नाैहजार २२१ रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २६ हजार ६६० पुगेको जानकारी दिनुभयाे । प्रवक्ता गौतमले हाल आठ हजार जनामा आइसोलेसनमा रहेको जानकारी दिनुभयो । हाेम आइसोलेसनमा ४९७ रहेका छन् । क्वारेन्टिनमा १५ हजार २४३ रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १७ हजार ३३५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडाैंमा १७२ जना नयाँ थपिएका छन् । काठमाडाैंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना थपिएका छन् ।

आज पर्सामा एक पुरुष र मोरङ जिल्लामा एकजना महिलाको कोभिड–१९ कारणले मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *