काठमाडौँ उपत्यकामा भेला, सभा, जुलुस सञ्चालन गर्न रोक

काठमाडौँ उपत्यकामा भेला, सभा, जुलुस सञ्चालन गर्न रोक

३१ साउन २०७७ काठमाडौँ : जिल्ला प्रशासन कार्यालय, काठमाडौँले उपत्यकामा कोरोना सङ्क्रमण बढ्दैगएकाे भन्दै खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुसलगायत कुनै पनि भीडभाड हुने कार्यहरू निषेधित गरेको छ ।

प्रशासनले आज एक आदेश जारी गर्दै निषेधित गरेको जानकारी दिएको हो । यो आदेश आज राति १२ बजेदेखि भदौ १५ गते १२ बजेसम्मको लागि भएको प्रशासनले उल्लेख गरेकाे छ । निषेधित आदेशको विपरीतका कुनै गतिविधि भएमा स्थानीय प्रशासन ऐनबमोजिम कारबाही गर्ने बताएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ