ठेला तथा साइकलमा व्यापार गर्न नपाइने

२७ साउन २०७७ काठमाडौँ : सरकारले ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापारमा रोक लगाएको छ ।

मन्त्रिपपिरिषद्को सोमबार बसेको बेठकले साइकल तथा ठेलामा हुने व्यापार तथा कवाडी संकलनमा रोक लगाएको हो । कोभिड–१९ को संक्रमण समुदाय स्तरमा विस्तार हुने जोखिम बढेकाले यो निर्णय गरिएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ