भारतबाट श्रम गर्न नेपाल आउन रोक

भारतबाट श्रम गर्न नेपाल आउन रोक

२७ साउन २०७७ काठमाडौं : सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

कोरोना जोखिमकै बेलामा सीमा क्षेत्रमा मानवीय आवाजावत बढ्दा संक्रमण फैलिएकाले यस्तो निर्णय गरिएको प्रवक्ता खतिवडाले प्रष्ट्याए ।

भारतसँग सीमा जोडिएको जिल्लामा बढ्दो आवाजावतले जोखिम बढेको सरकारको दाबी छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ