भारतको स्पस्टिकरण : गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन

भारतको स्पस्टिकरण : गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन

२५ साउन २०७७ काठमाडौँ : भारतले गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नभएको स्पष्ट पारेको छ । आज भारतको विदेश मन्त्रालयले बुद्ध’bout धारणा सार्वजनिक गर्दै बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको उल्लेख गरेको हो ।

गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएकोमा कुनै शंका छैन, भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतको आधिकारिक धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘विदेश मन्त्रीको सीआइआइको कार्यक्रममा व्यक्त धारणा हाम्रो साझा बुद्धिष्ट सम्पदासँग सम्बन्धित छ ।’

भारतीय विदेश मन्त्री एस जयशंकरले बुद्ध महान भारतीय नागरिक भनी शनिबार एक भर्चुअल सम्मेलनमा अभिव्यक्ति दिएपछि नेपालमा चर्को आलोचना भएपछि भारतले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । उसले बुद्ध नेपालमै जन्मिएको स्पष्ट पारेको छ ।

यसअघि नेपाल सरकारले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको तथ्य ऐतिहासिक र पुरातात्विक प्रमाणहरुका आधारमा सुस्थापित र अस्वीकार गर्न नसकिने भन्दै बुद्धको जन्मस्थानको विषय विवाद र बहसको विषय पनि नभएको स्पष्ट पारेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र पूर्व प्रधानमन्त्रीहरुले पनि यस’bout धारणा सार्वजनिक गर्दै बुद्ध’bout भ्रम सृजना गर्न आग्रह गरेका थिए ।
परराष्ट्रले सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफैले नेपालको संसदमा नेपाल बुद्धको जन्मस्थान देश भनेको स्मरण गराएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ