अन्तरास्ट्रिय

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण भेटियो

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण भेटियो

१९ साउन २०७७ काठमाडौँ : भारतको केन्द्रीय गृहमन्त्री अमित शाह कोरोना संक्रमित भएका छन् । आफू कोरोना संक्रमित भएको जानकारी उनले आइतबार दिउँसो ट्वीट मार्फत सार्वजनिक गरेका हुन् । उनले डाक्टरको सल्लाहमा अस्पताल भर्ना भइरहेको बताए।

कोरोनाको प्रारम्भिक लक्षण देखिएपछि मैले परीक्षण गरें र कोरोना रिपोर्ट पोजेटिभ आयो । मेरो स्वास्थ्य ठीक छ, तर डाक्टरको सल्लाहमा म अस्पतालमा भर्ना भइरहेको छु, शाहले ट्वीट गरेका छन्।

साथै उनले केहि दिनदेखि आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आफुलाई अलग राख्न र जाँच गर्न अनुरोध गरेका समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *