पर्सामा आजदेखि निषेधाज्ञा जारी

पर्सामा आजदेखि निषेधाज्ञा जारी

१८ साउन २०७७ वीरगन्ज : पर्सा जिल्लाका सबै स्थानहरुमा आइतबारदेखि विहान ५ बजेदेखि निषेधाज्ञा जारी गरीएको छ ।

प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीको अध्यक्षतामा शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका सबै स्थानमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

साउन १० गतेदेखि जिल्लाको सदरमुकाम वीरगन्ज महानगरपालिका क्षेत्रभित्र लागु हुनेगरी अर्काे आदेश नहुन्जेलसम्मका लागि जारी गरिएको निषेधाज्ञा आजदेखि सदमुकाम बाहिर पनि लागु गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ