न्यायधीसहरुको निर्णयनै गलत छ : डा सुरेन्द्र भण्डारी (भिडियो सहित)

न्यायधीसहरुको निर्णयनै गलत छ : डा सुरेन्द्र भण्डारी

१७ साउन २०७७ काठमाडौँ : बरिस्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले रंजन कोइरालाको बिषयलाई लिएर प्रधान न्यायाधीस चोलेन्द्र समशेर जबरा लगायतको टिमले गरेको निर्णय पूर्ण रुपमा गलत रहेको टिप्पणी गरेका छन्।

भण्डारीले यस अघि २०६३ को सम्बिधनकै आधारमा रहेर गर्रिएको फैसला र सजाय पुनः ऐले आएर नया संबैधानिक व्यवस्था अनुसार सच्याउन नमिल्ने समेत जिकिर गरेका छन्। डा भण्डारीले सर्बस्व सहित जन्म कैदको फैसला अहिले आएर नया संबैधानिक व्यवस्था अनुसार सच्याउन नमिल्ने बताएका हुन्।

डा भण्डारीले रंजन कोइरालाले नियतबसनै हत्या र त्यसपछिका क्रियाकलाप गरेको र आफुले हत्या स्वीकार नगरेकोले संबिधानमा रहेको धारा १८८ रंजन कोइरालामा लागु नहुने समेत बताएका छन्।

उनले यस्ता किसिमका फैसलाले न्याय प्रतिको आस्था नै धमिलिएको समेत बताए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ