उपसचिव प्रेम सञ्जेल माथि कार्यकक्षमै कुटपिट

उपसचिव प्रेम सञ्जेल माथि कार्यकक्षमै कुटपिट

१७ साउन २०७७ विराटनगर : श्रम तथा रोजगार कार्यालय विराटनगरमा प्रमुख पदमा कार्यरत प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको खबर बाहिरिएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो ।

उनकै कार्यकक्षमा कार्यरत दुइ महिला कर्मचारीलाइ उनीमाथि कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो । उनीहरु दुबै करारका कर्मचारी हुन् ।

सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको प्रहरीले बताएको छ ।

कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक उपरीक्षक सन्तोष खड्काले कुटपिट गर्ने कर्मचारी र सञ्जेलको विवाद’bout बुझ्ने काम भइरहेको बताए ।

प्रहरी स्रोतका अनुसार सञ्जेलसँग छलफल गर्नु छ भन्दै कार्यकक्षमा प्रवेश गरेका दुई जना कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको बताएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ