सुनिल कुमार थापा बिदेशीको ईशारामा कांग्रेस प्रवेश गरेका हुन् : बोर्ण बहादुर कार्की (भिडियो)

सुनिल कुमार थापा बिदेशीको ईशारामा कांग्रेस प्रवेश गरेका हुन् : बोर्ण बहादुर कार्की (भिडियो)

१५ साउन २०७७ काठमाडौँ : हालै मात्र नेपाली कांग्रेस प्रबेस गरेका राप्रपा नेता सुनिल कुमार थापा बिदेशीको इशारामा कांग्रेश प्रवेश गरेको खुलासा बरिष्ठ अधिवक्ता एबम राजनीतिक विश्लेषक बोर्ण बहादुर कार्कीले बताएका छन।

विश्लेषक कार्कीले सुनिल कुमार थापा मात्र नभएर आगामी भविष्यमा सम्पूर्ण राप्रपा कांग्रेसमै बिलिन हुने भाबिश्यवाणी समेत गरेका छन्। उनले प्रकाश चन्द्र लोहनी, कमल थापा लगायतले बीपीको सिद्धान्त कांग्रेसले मारेको बताउँदै आएको र त्यहि बीपीको सिद्धान्तलाइ पुनर्जीवन दिन निकट भबिष्यमै कांग्रेश प्रवेश गर्ने बताएका हुन्।

कार्कीले अमेरिका लगायत पश्चिमा देशरुको चलखेल नेपालमा बढे संगै चीनको दौडधुप नेपालमा बढेको विश्लेषण गएका छन्।

कार्कीले नेपाली कांग्रेसका सभापति पहिल्यै देखि पश्चिमा शक्तिको इशारामा चल्ने गरेको बताउँदै पश्चिमा शक्तिको फन्दामा प्रधानमन्त्री केपी शर्मा ओली समेत परेको उनले दाबि गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ