राजनिती

नेकपाका यी मन्त्रीले छाडे प्रचण्ड र माधव नेपालको गुट

नेकपाका यी मन्त्रीले छाडे प्रचण्ड र माधव नेपालको गुट

१४ साउन २०७७ काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीभित्र केही मन्त्रीले गुट छाडेका छन् । नेकपाभित्र शक्तिसंघर्ष चलिरहँदा जुन गुटबाट मन्त्री भएका थिए त्यही गुट छाडेर केही मन्त्रीले मौकामा चौका हान्न खोजेका छन् ।

गुट छाड्नेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गुटबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा बादल र आपूर्तिमन्त्री लेखराज भट्ट छन् । बादल अहिले प्रचण्डबाट टाढिएर तटस्थ देखिएका छन् । उनी ओलीविरोधी क्याम्पको बैठकमा सहभागी हुन छाडेका छन् ।

लेखराज भट्टले गुट नै परिवर्तन गरेका छन् । उनले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गुट समातेका छन् । प्रचण्डनिवास खुमलटार नै जान छाडेका छन् । खुलेआम गुट छाडेको घोषणा समेत गरेका छन् । भट्ट प्रचण्डकै गुटबाट मन्त्री बनेका थिए ।

गुट छाड्नेमा पर्यटनमन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भुषाल पनि छन् । दुवैजना स्थायी कमिटी सदस्यहरु माधवकुमार नेपालको गुटबाट मन्त्री बनेका थिए । भट्टराई र भुषाल पछिल्लो समय बामदेव गौतमसँग नजिकिएका छन् । उनीहरुले तटस्थ भुमिका निभाउने भनेपनि ओलीसँग निकटता बढाएका छन् । भट्टराई त ओली गुटका तर्फबाट भेलाहरुमा सहभागी हुँदै आएका छन् । भुषाले गुट छाडेकोमा माधव नेपाल पक्षधर रुष्ट बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *