चार दिन भारी वर्षा, सतर्क रहन आग्रह

चार दिन भारी वर्षा, सतर्क रहन आग्रह

११ साउन २०७७ काठमाडौँ : वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले भोलीदेखि पुनः मौसम सक्रिय हुने देखिएको छ ।सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मनसुन पुनः सक्रिय हुदा लगातार चार दिन बर्षा समेत हुन सक्ने जल तथा मौसम विभागले जनाएको छ ।

हाल देशभर आँशिक देखि सामान्य बदली भइरहेकाले केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको समेत जनाइएको छ ।

त्यस्तै आईतबार रातीसमेत देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना हुनसक्ने छ । प्रदेश १ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम बिभागको भनाई छ ।

गतअसार २५ देखि २९ सम्म न्यूनचापीय रेखा नेपाल नजिक आउँदा मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको थियो । सोमबारदेखि अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेको र न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोमबार रातिदेखि सक्रिय हुने मनसुन केही दिन रहने जनाइएको छ । त्यसले मुलुकका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा गराउने सम्भावना छ ।

नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने जनाइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ