केपी ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको प्रचण्डको दाबि

केपी ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको प्रचण्डको दाबि

९ साउन २०७७ काठमाडौं : केहि समय अघि पार्टीभित्रको बिबाद उत्कर्षमा रहेका बेला दर्ता प्रक्रियामा अघिबढेको नेकपा एमाले भन्ने पार्टी केपी ओलीकै सक्रियतामा भएको नेकपाक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्। उनले प्रधानमन्त्री ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दाबी गरेका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी संकटमा रहेको बताए । ‘…किनकी पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको छ’ उनले भनेका छन् ।

अर्का अध्यक्ष ओलीतिर संकेत गर्दै उनले पार्टी बैठक चलिरहेकै बेला देशभर केही कार्यकर्ता जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाइएको समेत उल्लेख गरे ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ